तीन दिनमा पाँच हजार सातसय रुपैयाँ बढेको सुनको मूल्यमा आज गिरावट आएको छ। सुनको मूल्य आज प्रतितोला चारसय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सुन आज तोलाको एक लाख ६८ हजार एकसय रुपैयाँमा किनबेच भइरहेको छ। हिजो सुनको मूल्य तोलाको एक लाख ६८ हजार पाँचसय रुपैयाँ थियो।
सुनको मूल्य गएको मंगलबार तोलामा १९ सय, बुधबार २२ सय र बिहीबार १६ सय रुपैयाँ बढेको थियो।
चाँदीको मूल्य भने आज प्रतितोला पाँच रुपैयाँ बढेको छ। आज चाँदी प्रतितोला एक हजार नौसय ८५ रुपैयाँमा किनबेच भइरहेको छ।
गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो।
गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो। सरकारले भन्सारदर घटाएपछि सुनचाँदीकै मूल्यमा गिरावट आएको हो।
Shares

प्रतिक्रिया