खेल


नेदरल्यान्ड्सविरुद्ध पूजाको अर्धशतक

नेदरल्यान्ड्सविरुद्ध पूजाको अर्धशतक

नेपालखबर
माघ २३, २०८१ बुधबार १३:२६, काठमाडौँ

महिला त्रिकोणात्मक टी–२० सिरिजमा नेपालकी पूजा महतोले नेदरल्यान्ड्सविरुद्ध अर्धशतक प्रहार गरेकी छन्। 

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालका लागि चौथो क्रममा आएकी पूजाले ४३ बलमा ४ चौकाको मद्दतमा ५० रन बनाएकी हुन्। 

पूजाको अर्धशतकको मद्दतमा १७ औँ ओभरको खेल सकिँदा नेपालले ३ विकेटको क्षतिमा १११ रन बनाएको छ। नेपालका लागि कप्तान इन्दु बर्माले ३९ रनको योगदान गरेर आउट भइन्। अहिले पूजा र रुविना क्रिजमा छन्। 

ओपनर सम्झना खड्का ६ रनमा र ममता चौधरी १ रनमा आउट भएपछि आएका इन्दु र पूजाले टोलीलाई सम्हाल्दै सम्मानजनक स्कोरतर्फ लगेका हुन्। 

यसअघि नेपाल थाइल्यान्ड र नेदरल्यान्ड्ससँग दुई दुई खेलमा पराजित भएको छ। अन्तिम खेलमा नेपालले अब थाइल्यान्डसँग भिड्नेछ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad