आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको प्रि–क्वार्टरफाइनलमा आज मछिन्द्र फुटबल क्लब र एपीएफ फुटबल क्लब भिड्दैछन्। पोखरा रगंशालामा हुने खेल दिउँसो २ बजेपछि सुरु हुनेछ।
यो खेलको विजेताले क्वार्टरफाइनलमा थ्रीस्टार क्लबविरुद्ध माघ २७ गते खेल्नेछ।
प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिस क्लबले आयोजक सहारा क्लबलाई १–० गोल अन्तरले हराउँदै क्वार्टर फाइनलमा स्थान बनाएको छ।
प्रतियोगितामा ३ विदेशीसहित १२ टोली सहभागी छन्। प्रतियोगितामा उज्वेकिस्तानको ब्ल्याक बुल्ससहित ‘ए’ डिभिजन टोलीका साविक विजेता त्रिभुवन आर्मी फुटबल क्लब, थ्री स्टार क्लब, मछिन्द्र, एनआरटी, चर्च ब्वाइज, संकटा क्लब, र नेपाल पुलिस क्लब छन्।
यस्तै आयोजना सहारा, एपीएफ, बिग्रेड ब्वाइज युके र भारत सिक्किमको थन्डरबोल्ट नर्थ युनाइटेडले पनि प्रतिस्पर्धा गर्दैछन्।
प्रतियोगिताको उपाधि विजेताले १२ लाख १ हजार तथा उपविजेता टोलीले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
Shares

प्रतिक्रिया