खेल


आहा रारा गोल्डकप : सहारा क्लबलाई पराजित गर्दै पुलिसको विजय सुरुवात

आहा रारा गोल्डकप : सहारा क्लबलाई पराजित गर्दै पुलिसको विजय सुरुवात

नेपालखबर
माघ २२, २०८१ मंगलबार १८:११, काठमाडौँ

उज्ज्वल राईको निर्णायक गोलमा आयोजक सहारा क्लब पोखरालाई पराजित गर्दै नेपाल पुलिस क्लबले पोखरामा सुरु आहा रारा गोल्डकपमा विजय सुरुवात गरेको छ।

पोखरा रंगशालामा मंगलबार भएको उद्घाटन खेलमा पुलिस क्लबले आयोजक सहारालाई १–० गोल अन्तरले हराएको हो।

पहिलो हाफको ३६ मिनेटमा उज्वल राईले कर्नरबाट उत्कृष्ट गोल गर्दै पुलिसलाई सुरुवाती अग्रता दिलाएका थिए।

राईले सेकेण्ड बार च्याप्दै गरेको कर्नर प्रहार सिधै गोलमा परिणत भयो।

जितसँगै पुलिस क्लब अन्तिम ८ मा पुगेको छ। पहिलो हारसँगै सहारा भने प्रतियोगिताबाट नै बाहिरिएको छ।

पहिलो हाफको सुरुवातमा दबाब बनाएको सहारा फिनिसिङमा भने चुक्न पुग्यो।

पहिलो हाफको पाचौँ मिनेटमा विलियम सेसेनोङको प्रहार पुलिस क्लबका गोलरक्षक शत्रुधन चौधरीले बचाए।

बाहौँ मिनेटमा सहाराका कप्तान शुसिल लामाको प्रहार पनि बिफल भयो।

सत्रौँ मिनेटमा पुलिस क्लबका विवेक पाण्डेको प्रहार पहिलो बारको नजिकबाट बाहिरियो।

२१ औँ मिनेटमा पुलिस क्लबका विवेकको फ्रि किक प्रहार सहाराका गोलरक्षक सन्तोष महतले बचाए।

खेलको ५६ मिनेटमा सहाराका कप्तान शुसिलको प्रहार पुलिसका गोलरक्षकले पन्च गर्दै जोगाए।

पुलिस क्लबले क्वार्टरफाईनलमा २६ गते ब्रिगेड ब्वाईज क्लब युकेसँग खेल्नेछ।

प्रतियोगितामा बुधबार मछिन्द्र फुटबल क्लब र एपीएफ भिड्नेछन्। खेल दिउँसो २ बजेपछि सुरु हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad