क्यान्सर उपचार र पहिचानका लागि नेपालमै पहिलोपटक साइक्लोट्रोन प्रविधि स्थापना हुने भएको छ।
विश्व क्यान्सर दिवसको अवसरमा अम्बर अर्बुद सेवा, मेटा हेल्थकेयर नेपाल, युनाइटेड इमेजिङ हेल्थकेयर र लङ्जेभस बिमटेक कम्पनीबीचको सहकार्यमा यो प्रविधि धादिङमा स्थापना गर्न लागिएको हो।
यो सुविधा सञ्चालन भएपछि मेडिकल आइसोटोप उत्पादन र पीईटी स्क्यानजस्ता अत्याधुनिक प्रविधिहरू स्वदेशमै सम्भव हुने अपेक्षा गरिएको छ। यसले उपचारको लागि विदेश जानुपर्ने बाध्यता हटाउने मात्र नभई समयमै रोग पहिचान र उपचार सम्भव बनाउने बताइएको छ।
के साइक्लोट्रोन?
यो एक विशेष प्रकारको उपकरण हो, जसले क्यान्सर पहिचान र उपचारका लागि चाहिने मेडिकल आइसोटोप उत्पादन गर्छ।
यो उपकरणले नेपाललाई अन्य मुलुकबाट मेडिकल आइसोटोप आयात गर्ने निर्भरता हटाई स्वदेशमै उत्पादनको अवसर दिने बताइएको छ।
साइक्लोट्रोन प्रविधिले पीईटी स्क्यानका लागि चाहिने मेडिकल आइसोटोप स्वदेशमै उत्पादन गराई क्यान्सरको पहिचानलाई छिटो, सुलभ, र प्रभावकारी बनाउनेछ।
यो परियोजना आगामी ९ महिनाभित्र सञ्चालनमा आउने अपेक्षा गरिएको छ।
Shares

प्रतिक्रिया