खेल


सनिस श्रेष्ठ वर्ष उत्कृष्ट फुटबल खेलाडी

सनिस श्रेष्ठ वर्ष उत्कृष्ट फुटबल खेलाडी

नेपालखबर
माघ २२, २०८१ मंगलबार १५:१३, काठमाडौँ

राष्ट्रिय फुटबल टोलीका सनिस श्रेष्ठ यो वर्षको उत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मानद्वारा सम्मानित भएका छन्।

आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटनको अवसरमा सहारा क्लब पोखराले यो वर्ष श्रेष्ठलाई सम्मान गरेको हो।

उद्घाटन समारोहको अवसरमा क्लबले सनिशलाई सम्मानसहित ५० हजार ५ सय ५५ रुपैयाँ प्रदान गरेको छ। प्रतिभा छनोट समितिको बैठकले श्रेष्ठलाई यो वर्ष सनिसलाई सम्मान गर्ने निर्णय गरेको थियो।

सहारा क्लबले नेपाली फुटबल क्षेत्रमा उत्कृष्ट योगदान दिएवापत बर्सेनि एक राष्ट्रियस्तरको फुटबल खेलाडीलाई सम्मान गर्दै आएको छ।

यो सम्मानबाट यसअघि भरत खवास, किरण चेम्जोङ, सुजल श्रेष्ठ, अभिषेक रिजाल, अञ्जन विष्ट, अनन्त तामाङ र आयुष घलान सम्मानित भईसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad