नेपाल वुमन्स टी २० अन्तर्राष्ट्रिय ट्राइ–सिरिजमा थाइल्यान्डले दोस्रोपटक नेदरल्यान्ड्सलाई पराजित गरेको छ।
नेपालमा जारी सिरिजको पाँचौँ खेलमा थाइल्यान्डले डच टोलीलाई १७ रनले पराजित गरेको हो।
पहिले ब्याटिङ गरेको थाइल्यान्ड महिला टोलीले सबै विकेट गुमाएर ८६ रन मात्र बनाएको थियो। लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ६९ रनमै अलआउट भयो।
योसँगै जारी लिगमा थाइल्यान्ड बलियो देखिएको छ। ३ खेल खेलेको थाइल्यान्डले तीनवटै जित हात पारी ६ अंक बनाएको छ।
दोस्रो स्थानमा रहेको डच टोलीले ४ खेलमा २ जितसहित ४ अंक बटुलेको छ। यता ३ खेल खेलेको नेपालले अंक जोड्न सकेको छैन।
81
Shares

प्रतिक्रिया