राजनीति


माओवादीका मधेस र बागमती प्रदेश इन्चार्ज फेरिए, मात्रिका र हितमानलाई जिम्मा

माओवादीका मधेस र बागमती प्रदेश इन्चार्ज फेरिए, मात्रिका र हितमानलाई जिम्मा

नेपालखबर
माघ २१, २०८१ सोमबार १६:११, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले पार्टीका दुई प्रदेश इन्चार्ज हेरफेर गरेको छ।

माओवादीको सोमबार बसेको पदाधिकारी बैठकले मधेसमा उपमहासचिव मात्रिका यादवलाई जिम्मेवारी दिएको छ। त्यहाँ यसअघि सचिव लिलामिण पोखरेल इन्चार्ज थिए। 

त्यस्तै बागमती प्रदेशमा इन्चार्जको जिम्मेवारी सचिव हितमान शाक्यलाई दिएको छ। यसअघि उपाध्यक्ष अग्निप्रसाद सापकोटा यो प्रदेशको इन्चार्ज थिए। 

अन्य प्रदेशमा भने प्रदेश इन्चर्जाहरू यथावत नै रहेका छन्। कोसीमा हरिबोल गजुरेल, गण्डकीमा  दिनानाथ शर्मा, लुम्बिनीमा चक्रपानी खनाल, कर्णालीमा कालीबहादुर मल्ल र सुदूरपरिश्चममा गिरिराजमणि पोखरेल इन्चार्ज रहेका छन्। 
 

त्यस्तै विशेष प्रदेश इन्चार्जमा जयपुरी घर्ती, सम्पर्क समन्वय विशेषमा लिलामिण पोखरेल,  प्रवास यूरोप–अमेरिका इन्चार्जमा राम कार्की र प्रवास एसियामा ओम शर्मा तोकिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad