इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले फेरि निराशाजनक नतिजा व्यहोरेको छ। गएराति आर्सनलसँग ५-१ को फराकिलो गोल अन्तरमा सिटी पराजित भएको हो।
खेलको दोस्रो मिनेटमै आर्सनलका लागि मार्टिन ओडेगार्डले घरेलु टोलीलाई अग्रता दिलाएका थिए। तर ५५ औँ मिनेटमा एर्लिङ हाल्यान्डले सिटीलाई बराबरीमा फर्काए।
त्यसको एक मिनेटमै आर्सनलले फेरि अग्रता लियो। ५६ औँ मिनेटमा थोमस पार्टीले २-१ को अग्रता दिलाए। ६ मिनेटपछि आर्सनलको अग्रता दोब्बर भयो। माइल्स लुइस स्केलले ६२ औँ मिनेटमा गोल थपे। त्यसपछि पनि सिटी खेलमा फर्किन सकेन। आर्सनल थप हाबी हुँदै गयो।
काइ हाभर्टजले ७६ औँ मिनेटमा र इथान न्वानेरी अतिरिक्त समयमा गोल गर्दै ५-१ को प्रभावशाली जित दर्ता गरे।
यो नतिजापछि आर्सनल २४ खेलबाट ५० अंकसहित दोस्रो स्थानमा यथावत् छ। एक खेल कम खेलेको शीर्षस्थानको लिभरपुलको ५६ अंक छ।
गएराति भएका अरू खेलमा टोटेनहमले ब्रेन्टफोर्डलाई र क्रिस्टल प्यालेसले म्यानचेस्टर युनाइटेडलाई समान २-० ले पराजित गरे।
Shares

प्रतिक्रिया