खेल


ट्राइ–सिरिजमा नेपालको लगातार हार

ट्राइ–सिरिजमा नेपालको लगातार हार

ट्राइ–सिरिजमा नेपालले लगातार हार व्यहोरेको छ (क्यान)


नेपालखबर
माघ २०, २०८१ आइतबार १५:४६, काठमाडौँ

नेपाल वुमन्स टी२० अन्तर्राष्ट्रिय ट्राइ–सिरिजमा नेपालले लगातार हार व्यहोरेको छ। 

नेदरल्यान्ड्ससँगको दोस्रो खेलमा आइतबार पनि नेपाल १५ रनले पराजित भएको हो। 

त्रिभुवन विश्वविद्यालय कीर्तिपुरस्थित क्रिकेट मैदानमा टस जितेर नेदरल्यान्ड्सले १४१ रनको लक्ष्य दिए पनि नेपाल २० ओभरमा ८ विकेट गुमाउँदै १२५ रनमा समेटियो। 

नेपालसँगै थाइल्यान्ड र नेदरल्यान्ड्स सम्मिलित शृंखलामा नेपालले अंक जोड्न सकेको छैन। नेपालले २ हार नेदरल्यान्ड्स र १ हार थाइल्यान्ड्ससँग व्यहोरेको छ। 

आइतबार टस जितेर नेदरल्यान्ड्सले ब्याटिङ रोज्दै २० ओभर खेली ९ विकेट गुमाएर १४० रन बनाएको थियो। नेदरल्यान्ड्सका लागि फेब मकनबोअरले २१, स्टिर क्यालिस ८, बबिट डी लिड ४१, रोबिन रिज्की २१, हिथर सिजर्स २६, आइरिस ज्विलिङ ७, एभा लिन्च ३, हना ल्यान्डहिअर ०, क्यारोलिन डी ल्यांग ३ र नटआउटद्वय सिल्भर सिजर्स १ र इसाबेल भान डर वनिङले २ रन जोडे। 

नेपालकी सीता राना मगरले ५, मनिषा उपाध्याय २ र कविता जोशी तथा इन्दु बर्माले समान विकेट लिए। 

१४१ रनको लक्ष्य पछ्याएको नेपालका लागि सम्झना खड्काले २३, ममता चौधरीले ७, पूजा महतोले १८, इन्दु बर्माले ३०, कविता जोशीले १४ रन बनाए। रुबिना छेत्री र विन्दु रावल शून्यमा आउट हुँदा सीता राना मगरले १०, एलिशा यादवले ५ रन बनाइन्। नटआउट रेवती धामीले २ रन जोडिन्। अतिरिक्त १६ रन पाएको नेपाल अन्ततः ८ विकेट गुमाएर १२५ रनमै समेटियो। 

डच टोलीका आइरिस, क्यारोलिन र हिथरले समान २ विकेट झार्दा इसाबेल र एभाले समान १ विकेट लिए।   
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad