खेल


२५औँ संस्करणको बुढासुब्बा गोल्डकप माघ १९ देखि, विजयी टिमले पाउनेछ १० लाख

२५औँ संस्करणको बुढासुब्बा गोल्डकप माघ १९ देखि, विजयी टिमले पाउनेछ १० लाख

नेपालखबर
माघ १७, २०८१ बिहिबार २०:०, धरान (सुनसरी)

अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २५औँ संस्करणको तयारी पूरा भएको छ। आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले यही माघ १९ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिए। 

धरान उपमहानगरपालिका–१६ स्थित रङ्गशालामा आयोजना हुने प्रतियोगितामा १० वटा क्लब सहभागी रहनेछन्। माघ १९ गते पहिलो खेल लिग च्याम्पियन चर्च ब्वाइज क्लब र पुलिस क्लबबीच हुने अध्यक्ष तामाङले बताए।

प्रतियोगितामा एनआरटी क्लब काठमाडा, लिग च्याम्पियन चर्च ब्वाइज क्लब, नेपाल पुलिस क्लब, भुटान फुटबल एकेडेमी, त्रिभुवन आर्मी क्लब, इटहरी जागृति क्लब, युके एफसी भारत, मच्छिन्द्र क्लब काठमाडौँ, काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापा, र धरान फुटबल क्लब रहने आयोजकले जनाएको छ।

प्रतियोगिताको विजेताले ट्रफीसहित रु १० लाख र उपविजेताले नगद रु पाँच लाख पुरस्कार पाउने छन्। उत्कृष्ट खेलाडीले नगद रु एक लाख र प्रत्येक खेलको प्लेयर अप द म्याचले रु १५ हजार सर्वाधिक गोलकर्ताले रु ३५ हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफन्स, उत्कृष्ट मीड फिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षकले जनही रु २५ हजार पुरस्कार पाउने क्लबका महासचिव नविन राईले बताए। 

प्रतियोगितामा विजेताले पाउने रु दस लाख पुरस्कार धरान बहराईन एकता समाज धरान समाज युकेले प्रदान गर्ने भएको छ भने, उपविजेताले पाउने रु पाँच लाख धरान उपमहानगरपालिका–१५ निवासी हाल पोर्चुगलमा रहेका अरुण राईले प्रदान गर्ने जनाइएको छ। 

प्रतियोगिताको लागि आर्थिक समिति, खेलाडी समिति, प्रचारप्रसार समिति, सुरक्षा समितिलगायतका समितिहरु बनाइएको अध्यक्ष तामाङले बताए। गत वर्षको संस्करण एनआरटी क्लब काठमाडौँले जितेको थियो भने जिल्ला फुटबल सङ्घ मोरङ उपविजेता भएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad