खेल


सहिद गेटमा सभापति कपको ट्रफी अनावरण (तस्बिरहरू)

सहिद गेटमा सभापति कपको ट्रफी अनावरण (तस्बिरहरू)

सरोज बैजु
माघ १६, २०८१ बुधबार १७:५२, काठमाडौँ

नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा राजधानीमा जारी सभापति कप फुटबल प्रतियोगिता अन्तर्गत सहिद गेटमा ट्रफी अनावरण भएको छ।

सहिद दिवसको अवसर पारेर आयोजित उक्त कार्यक्रममा विभिन्न खेलकुद तथा राजनीतिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

सभापति कपको ट्रफी निर्देशन समितिका संयोजक एवम् कांग्रेस नेता मोहनबहादुर बस्नेतले गरेका हुन्।

कार्यक्रममा आयोजक टोलीका पदाधिकारी प्रशिक्षक तथा खेलप्रेमीहरूको उल्लेख्य उपस्थिति थियो। महाधिवेशन निर्देशन समितिका पदाधिकारीहरूले सहिद दिवसको सन्दर्भमा राष्ट्रका लागि बलिदान दिने सहिदहरूको सम्झनामा सहिद गेटबाट ट्रफी अनावरण गर्न उचित लागेको बताएका थिए।

माघ १० गतेदेखि सुरु भएको सभापति कप फुटबल प्रतियोगिता अन्तिम चरणमा पुगेको छ। सर्वाधिक पुरस्कार राशिको यस प्रतियोगिताको फाइनल खेलमा सङ्कटा क्लब र आयोजक लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश (बागमती) आमनेसामने हुने छन्।

सभापति कप फुटबल प्रतियोगिता सबैभन्दा ठूलो पुरस्कार राशि भएको नकआउट फुटबल प्रतियोगिता हो। यस प्रतियोगितामा विभिन्न ए डिभिजन क्लबहरू सहित उत्कृष्ट खेलाडीहरूको सहभागिता रहँदै आएको छ। यस संस्करणमा पनि प्रतिष्ठित टिमहरू बीच कडा प्रतिस्पर्धा देखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad