खेल


टाइगर कप भलिबल : गण्डकीले एपीएफलाई हरायो

टाइगर कप भलिबल : गण्डकीले एपीएफलाई हरायो

नेपालखबर
माघ १५, २०८१ मंगलबार १५:११, काठमाडौँ

एनसेल पाँचौँ टाइगर कप भलिबल प्रतियोगिताको पुरुषतर्फ गण्डकी प्रदेशले सशस्त्र प्रहरी बल एपीएफलाई पराजित गरेको छ। पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा गण्डकीले एपिएफमाथि ३-१ सेटको जित दर्ता गराएको हो।

पहिलो सेट २३-२५ ले गुमाएको गण्डकीले दोस्रो, तेस्रो र चौथो सेटमा पुनरागमन गर्दै जित हासिल गर्न सफल रह्यो। गण्डकीले दोस्रो सेट २५-२०, तेस्रो सेट २५-१९ र चौथो सेट २५-१५ ले आफ्नो पक्षमा पार्‍यो। अब गण्डकी र एपीएफले टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबसँग खेल्नेछन्। त्यसपछि शीर्ष स्थानमा रहने टोलीले एलिमिनेटर खेल्नेछ।

यसअघि महिलातर्फ भएको खेलमा आयोजक टोली र नेपाल पुलिस क्लब विजयी भएका थिए। आयोजक टोलीले टिपटप न्यू डायमन्ड स्पोर्ट्स क्लब र पुलिसले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको थियो।

महिलातर्फ आयोजक टोली र एपीएफले पहिलो क्वालिफायर खेल्नेछन्। पुलिस र न्यू डायमन्डले एलिमिनेटर खेल्नेछन्। पहिलो क्वालिफायरमा पराजित हुने टोली र एलिमिनेटरमा विजयी हुने टोलीले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछन्।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा भएको उक्त प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad