पाँचौँ संस्करणको टाइगर कप भलिबल अन्तर्गत गण्डकी प्रदेश र टिपटप हेल्प नेपाल बीचको खेल खराब प्रकाशका कारण रोकिएको छ।
पोखराको रगंशालास्थित भलिबल कोर्टमा सोमबारको अन्तिम खेलमा हेल्प नेपालले गण्डकीविरुद्ध २–१ को अग्रता बनाउँदा खराब लाइटका कारण खेल रोकिएको हो।
खेलको सुरुवाती २ सेटमा हेल्प नेपालले अग्रता बनाएपनि तेस्रो सेट गण्डकी प्रदेशले आफ्नो पक्षमा पारेको थियो।
हेल्प नेपालले पहिलो र दोस्रो सेट २५–२२ र २७–२५ ले आफ्नो पक्षमा पारेको थियो। तर तेस्रो सेटमा भने गण्डकी प्रदेशले पुनरागमन गर्दै २७–२५ ले जित निकालेको थियो।
आज रोकिएको यो खेल भोलि मंगलबार अन्तिममा हुने प्रतियोगिता संयोजक रामकृष्ण ज्ञवालीले बताए। उनले भने, 'मंगलबारको नियमित चार खेलको तालिका नै छ, त्यो सकिएपछि मात्र आज रोकिएको खेल सुरु हुनेछ।'
महिलातर्फ भने एपिएफले टिपटप न्यू डायमन्ड स्पोट्र्स क्लबलाई ३–० को सोझो सेटमा पाखा लगायो। अर्को खेलमा पुलिस क्लबले थाइल्यान्डको ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लबलाई ३–१ को सेटले पराजित गर्यो।
Shares

प्रतिक्रिया