खेल


टाइगर कप भलिबल: न्यु डायमन्डविरुद्ध एपीएफ सोझो सेटमा विजयी

टाइगर कप भलिबल: न्यु डायमन्डविरुद्ध एपीएफ सोझो सेटमा विजयी

नेपालखबर
माघ १४, २०८१ सोमबार ११:५२, काठमाडौँ

एनसेल पाँचौँ टाइगर कप भलिबल प्रतियोगिताको महिलातर्फ सशस्त्र प्रहरी बल एपीएफले टिपटप न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको छ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा आज भएको पहिलो खेलमा ‘जित्ने समूह’ अन्तर्गत एपिएफले न्यू डायमन्डलाई सोझो सेटमा पराजित गरेको हो।

एपिएफ पहिलो सेट २५-२२, दोस्रो सेट २५-२३ र तेस्रो सेट २५-२१ को जित निकाल्न सफल भयो। एपिएफकी निरुता ठगुन्ना टाइगर अफ द म्याच घोषित भइन्।

खेलको वेस्ट स्पाइकर न्यू डायमन्डकी सलिना बुढामगर बनिन्। ‘जित्ने समूह’ मा एपिएफ, न्यू डायमन्डसहित आयोजक टोली छन्।

अब महिलातर्फ ‘हार्ने समूह’ बाट ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब र नेपाल पुलिस क्लबबिच प्रतिस्पर्धा हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad