खेल


टाइगर कप भलिबल: गण्डकी प्रदेश पुलिससँग पराजित

टाइगर कप भलिबल: गण्डकी प्रदेश पुलिससँग पराजित

नेपालखबर
माघ १३, २०८१ आइतबार १६:२८, काठमाडौँ

एनसेल पाँचौँ टाइगर कप भलिबल प्रतियोगिताको पुरुषतर्फको दोस्रो खेलमा गण्डकी प्रदेश नेपाल पुलिस क्लबसँग पराजित भएको छ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा भर्खरै सकिएको खेलमा गण्डकी पुलिससँग ३-२ को सेटमा पराजित भयो।

पहिला दुई सेट गुमाएको गण्डकीले तेस्रो र चौथो सेटमा उत्कृष्ट पुनरागमन गरे पनि पाँचौँ सेटमा सम्हालिन नसक्दा खेल गुमाउनु पर्‍यो।

पुलिसले पहिलो सेट २५-२२ र दोस्रो सेट २५-२१ ले आफ्नो पक्षमा पारेको थियो। गण्डकीले तेस्रो सेट २५-१९ र चौथो सेट २५-१४ ले जितेको थियो। 

पाँचौँ सेटमा गण्डकीले सुरुवाती अग्रता जोगाउन नसक्दा खेल १५-१० ले नतिजा गुमायो।

अब आजको अन्तिम खेल त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल एपिएफबिच हुनेछ। यसअघि पुरुषतर्फ भएको खेलमा भारतको सुनिल भलिबल क्लबले साबिक विजेता टिपटप हेल्प नेपाललाई ३-१ को सेटले पराजित गरेको थियो।

यस्तै आजै भएको पहिलो खेलमा महिलातर्फ आयोजक टोलीले त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad