खेल


नेपाललाई अस्ट्रेलियाले दियो १४० रनको लक्ष्य

नेपाललाई अस्ट्रेलियाले दियो १४० रनको लक्ष्य

नेपालखबर
माघ ९, २०८१ बुधबार १३:५५, काठमाडौँ

मलेसियामा जारी यू-१९ टी २० महिला विश्वकपको तेस्रो खेलमा अस्ट्रेलियाले नेपाललाई १४० रनको लक्ष्य दिएको छ। 

टस जितेर अस्ट्रेलियाले ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गरेको थियो। अस्ट्रेलियाले ६ विकेटको क्षतिमा १३९ रन बनाएको हो। 

नेपालकी कप्तान पुजा महतोले ३, सीमाना केसी २ र रिया शर्माले १ एक विकेट लिएकी थिइन्। 


नेपाल सुपर ६ मा पुग्न आजको खेल जित्नै पर्छ। यसअघि सोमबार सम्पन्न दोस्रो खेलमा नेपाल स्कटल्यान्डसँग १ विकेटले पराजित भएको थियो।

पहिलो खेलमा नेपाल बंगलादेशसँग पनि पराजित भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad