खेल


आईसीसी यू-१९ टी २० महिला विश्वकप: नेपाल आज स्कटल्यान्डसँग भिड्दै

आईसीसी यू-१९ टी २० महिला विश्वकप: नेपाल आज स्कटल्यान्डसँग भिड्दै

फाइल तस्बिर


नेपालखबर
माघ ७, २०८१ सोमबार १०:१८, काठमाडौँ

आईसीसी यू-१९ टी (२०) महिला विश्वकप क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपाल आज स्कटल्याण्डसँग भिड्दै छ।

नेपाली समय अनुसार यो खेल सोमबार मध्याह्न सवा १२ बजे मलेसियामा सुरु हुनेछ। विश्वकपमा डेब्यू गरेको नेपाल गएको शनिबार भएको पहिलो खेलमा बङ्गलादेशसँग पाँच विकेटले पराजित भएको थियो। 

नेपालले टस हारेर पहिले बंगलादेशविरुद्ध ब्याटिङ गरेको थियो। नेपालले दिएको ५३ रनको कमजोर लक्ष्य बंगलादेशले ५ विकेट गुमाएर १३.२ ओभरमै पुरा गर्‍यो।

आजै हुने सोही समूहको पहिलो खेलमा अस्ट्रेलिया र बंगलादेश भिड्ने छन्। 

आइतबार भएको खेलमा नेपालकी पुजा महतो, रिया शर्मा, सीमाना केसी र रचना धौधरीले समान एकएक विकेट लिएका थिए। 

विश्वकपमा छनोट भएपछि गत महिना एसीसी यू-१९ एसिया कपमा पाकिस्तानलाई पराजित गर्दै नेपालले ऐतिहासिक जित हात पारेको थियो। प्रतियोगिताको समूह ‘डी’मा रहेको नेपाललाई सुपर-६ मा पुग्न कम्ति एउटा खेल जित्नुपर्छ। यो समूहमा नेपालसँगै बंगलादेश, अस्ट्रेलिया र स्कटल्यान्ड छन्।

प्रत्येक समूहबाट समान तीनरतीन टोली सुपर ६ मा पुग्नेछन्। सुपर ६ मा दुई समूह हुनेछन्। दुवै समूहका शीर्ष दुई दुई टोलीले सेमिफाइनल खेल्नेछन्। नेपालले यही माघ ९ गते अस्ट्रेलियासँग खेल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad