कारोबार


बढ्दो एनपीएल समस्याले अधिकांश बैंकको नाफा घट्दा प्रभु र एनआईएमबीले मारे छलाङ

बढ्दो एनपीएल समस्याले अधिकांश बैंकको नाफा घट्दा प्रभु र एनआईएमबीले मारे छलाङ

नेपालखबर
माघ ७, २०८१ सोमबार १०:५२, काठमाडौँ

अर्थतन्त्रमा सुधार नदेखिँदा बाणिज्य बैंकहरुमा गहिरिँदै गएको खराब कर्जाले नाफामा असर गर्न थालेको छ। 

बाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको ६ महिनाको अपरिष्कृत वित्तीय विवरणमा खराब कर्जाको असर नाफामा देखिएको हो। गत वर्षको पुस मसान्तसम्मको तुलनामा चालु आवको पुस मसान्तसम्म बाणिज्य बैंकहरुको अधितकतम ९२ प्रतिशतसम्मले नाफा घटेको छ। 

चालु आवमा प्रभु बैंकले नाफा गत वर्षको तुलनामा ८५ प्रतिशतले बढाएर १ अर्ब ३३ करोड रुपैयाँ पुर्याउँदा नेपाल इन्भेष्टमेन्ट मेघा बैंकले ५७.१८ प्रतिशतले बढाएर नाफा २ अर्ब ८३ करोड रुपैयाँ पुर्याएको छ। 

यो अवधिमा ग्लोबल आइएमई बैंकले पनि नाफामा ४९.५१ प्रतिशतले बढाएर ३ अर्ब ५ करोड पुर्याएको छ। 

यता नाफामा सधैँ अगाडि देखिने नबिल बैंकले भने गत वर्षको तुलनामा उल्लेख्य नाफा बृद्धि गर्न सकेको छैन।  गत वर्षको तुलनामा यो बर्षको पुस मसान्तसम्ममा नविल बैंकले नाफामा १.२९ प्रतिशतकोमात्रै बृद्धि गर्न सफल बनेको हो। 

चालु आवको पुस मसान्तसम्म यो बैंकको नाफा ३ अर्ब २४ करोड रुपैयाँ छ। नाफामा सामान्यमात्रै बृद्धि गरेको बैंकले यो पटक पनि सर्वाधिक कमाउनेमा पहिलो नम्बरमा रहेको हो। दोस्रोमा रहेको ग्लोबल आइएमईले नाफामा उल्लेख्य सुधार गरेपनि नबीललाई जित्न भने सकेको छैन। 

यो बाहेक चालु आवमा नाफा बढाउनेमा ८ वटा बाणिज्य बैंकहरु छन्। नबिल बैंक र ग्लोबल आईएमई बैंक नाफामा ३ अर्ब माथि छन् भने एनएमबी, नेपालल इन्भेष्टमेन्ट र एभरेष्ट बैक नाफामा २ अर्ब माथि छन्। 

१ अर्ब माथि नाफा भएका प्राइम बैंक र स्टान्डर्ड चार्टड बैंकको भने पुस मसान्तमा आइपुग्दा गत वर्षको तुलनामा नाफा खुम्चिएको हो । गत वर्षको तुलनामा यो वर्ष यी दुई बैंकहरुको क्रमश १४.३४ प्रतिशत र ४.९७ प्रतिशतले नाफा घटेको हो।

यो बाहेक एक अर्ब माथिको नाफा गर्नेमा भने हिमालयन, सानिमा , लक्ष्मी सनराईज  र प्रभु  बैंक छन्। जसमा प्रभु बैंकले एकैपटक नाफामा ८५ प्रतिशतको बृद्धि गर्दा सानिमाले ४.७२  प्रतिशत,लक्ष्मी सनराईजनको ९.७१ प्रतिशतले नाफा बढाएको हो। 

करोडमा मात्रै नाफा कमाउनेमा भने यो पटक ९ वटा बाणिज्य बैंकहरु देखिएका छन्। 

जसमा कृषि विकास बैंकले ९५ करोड नाफा कमाउँदा नेपाल एसबीआई बैंकले ९० करोड, माछापुच्छ्रे बैंकले ८० करोड , बाणिज्य बैंकले ७६ करोड, सिटिजन्स बैंकले ६६ करोड, सिद्धार्थ बैंकले ५३ करोड, नेपाल बैंकले ४६ करोड, कुमारी बैंकले २७ करोड र एनआइसी एसिया बैंकले १५ करोड रुपैयाँ मात्रै नाफा कमाएका हुन्। 

यी मध्ये एनआइसी एसिया बैंकको नाफामा ९२ प्रतिशतले गिरावट आउँदा नेपाल बैंकको नाफामा २१ प्रतिशतले, सिद्धार्थ बैंकको नाफा ५३ प्रतिशतले र बाणिज्य बैंकको नाफा ६२ प्रतिशतले घटेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad