खेल


कांग्रेसको ‘सभापति कप’ फुटबल प्रतियोगिताका विजेताले पाउनेछन् २६ लाख

कांग्रेसको ‘सभापति कप’ फुटबल प्रतियोगिताका विजेताले पाउनेछन् २६ लाख

नेपालखबर
माघ ६, २०८१ आइतबार १९:१८, काठमाडौँ

नेपाली कांग्रेसनिकटको लोकतान्त्रिक खेलकुद संघले आयोजना गर्न लागेको फुटबल प्रतियोगितामा दुई विभागीय टोलीसहित ८ टीमले सहभागिता जनाएका छन्।

माघ १० गतेदेखि हुन लागेको प्रतियोगितामा नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलसहित चर्चब्वाईज फुटबल क्लब, मछिन्द्र फुटबल क्लब, संकटा फुटबल क्लब, एनआरटी फुटबल क्लब, फ्रेण्डस फुटबल क्लब र बागमती फुटबल क्लबले सहभागिता जनाएको आयोजकले जनाएको छ।

उक्त प्रतियोगिताको खेल तालिका आज (आइतबार) सार्वजनिक गरिएको छ।

संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा दशरथ रंगशालामा हुन लागेको उक्त प्रतियोगिताको आइतबार खेल तालिका सार्वजनिक गरिएको हो।

प्रतियोगिताको विजेताले २६ लाख पुरस्कार पाउनेछ। उपविजेता टोलीले १३ लाख रुपैयाँ प्राप्त गर्नेछ। सर्वोत्कृष्ट खेलाडीलाई ७५ हजार, उत्कृष्ट गोलकिपरलाई ५० हजार, सर्वाधिक गोलकर्तालाई ५० हजार, उत्कृष्ट उदीयमान खेलाडीलाई २५ हजार र प्लेयर अफ द म्याचलाई १५ हजार प्रदान गर्ने आयोजकले जनाएको छ।

खेल तालिका अनुसार पहिलो खेल माघ १० गते चर्चब्वाइज र संकटा क्लबबिच हुनेछ। दोस्रो खेल माघ ११ गते मछिन्द्र र एपीएफ, माघ १२ गते पुलिस र बागमतीबिच हुनेछ। माघ १३ गते एनआरटी र फ्रेन्ड्स क्लबबीच हुनेछ। फाइलन खेल माघ १७ गते हुनेछ।

प्रतियोगिताको उद्घाटन उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह र समापन कांग्रेस सभापति शेरबहादुर देउवाले गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad