खेल


रियल मड्रिड कोपा डेल रेको क्वार्टर फाइनलमा

रियल मड्रिड कोपा डेल रेको क्वार्टर फाइनलमा

नेपालखबर
माघ ४, २०८१ शुक्रबार ११:१२, काठमाडौँ

रियल मड्रिड कोपा डेल रेको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। सेल्टा भिगोविरुद्ध अतिरिक्त समयमा तीन गोल गर्दै रियल मड्रिडले अन्तिम ८ मा स्थान बनाएको हो। 

निर्धारित समय २/२ गोलको बराबरी भएको खेलमा रियलले अतिरिक्त समयमा तीन गोल गर्दै जित शुनिश्चित गरेको हो। 

ब्राजिलियन एन्ड्रिकले २ गोल र फेडेरिको भाल्भेर्डेले १ गोल गरे। त्यसअघि खेलको सुरुवातमा रियल मड्रिडले २–० को अग्रता लिए पनि निर्धारित समयको अन्तिमतिर अग्रता गुमायो।

केलियन एम्बाप्पेले ३७ र भिनिसियस जुनियरले ४८ औं मिनेटमा गोल गर्दै रियललाई दोहोरो गोलको अग्रता दिलाएका थिए। जोनाथान बाम्बाले ८३ र मार्कस अलोन्सोले अतिरिक्त समयको पहिलो मिनेटमा पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा लगेका थिए। 

तर थप गरिएको समयमा रियल मड्रिड हाबी भयो। थप समयमा तीन गोल गर्न सफल हुँदा रियल मड्रिडले ५–२ को जित दिलाए। एन्ड्रिकले १०८ र ११९ औँ मिनेटमा गोल गर्दा भालभर्डेले ११२ औं मिनेटमा गोल गरे। 

यसअघि साउदी अरेबियामा बार्सिलोनाविरुद्ध सुपर कपको फाइनलमा ५–२ ले पराजित भएको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad