बागमती युवा क्लबले राष्ट्रिय महिला लिगको दोस्रो चरणमा पहिलो जित दर्ता गरेको छ।
शुक्रबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा भएको खेलमा बागमतीले वालिङ नगरपालिकालाई २–० ले हराएको हो।
जितसँगै बागमतीले चार खेलका तीन अंक जोडेको छ।
चारै खेलमा पराजित वालिङ अंकविहीन छ।बागमतीलाई जित दिलाउन अस्मिता खवास र विष्णुमाया बलले गोल गरे।
दुवै गोल दोस्रो हाफमा भएको थियो।खेलको ५२औं मिनेटमा अस्मिताको गोलमार्फत बागमतीले अग्रता लिएको थियो।
७५औं मिनेटमा विष्णुले गोल गर्दै बागमतीलाई जित दिलाईन्।
15
Shares

प्रतिक्रिया