लिभरपुललाई हराउँदै टोटनहम हट्सपुर लिग कपको फाइनलनजिक पुगेको छ।
बुधबार राति टोटनहम हट्सपुर स्टेडियममा भएको सेमिफाइनलको पहिलो लेगमा लिभरपुललाई १–० गोलअन्तरले जित्दै फाइनलनजिक पुगेको हो।

खेलको ८६औँ मिनेटमा लुकास गेरगभलको गोलमा टोटनहमले अग्रता बनाएको हो।
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।
दोस्रो लेग फेब्रुअरी ६ मा एनफिल्डमा हुनेछ।
खेलका क्रममा रोड्रिगो बेटानकुर चोट लागेर मैदानमै ढलेका थिए।
२७ वर्षीय उनको मैदानमै ९ मिनेट उपचार गरिएको थियो, अक्सिजन दिइएको थियो।
उनलाई थप उपचारका लागि अस्पताल लगिएको छ।
उनको स्थानमा ब्रेनान जोनसोन आए।
789
Shares

प्रतिक्रिया