खेल


बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा

बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा

नेपालखबर
पुस २५, २०८१ बिहिबार ७:५२, काठमाडौँ

एथलेटिको क्लबलाई हराउँदै बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा पुगेको छ।

बुधबार राति किङ अब्दुल्लाह स्पोर्ट्स सिटी स्टेडियममा भएको सेमिफाइनलमा एथलेटिको क्लबलाई २–० गोलअन्तरले हराउँदै फाइनलमा पुगेको हो।

बार्सिलोनाको जितमा गाभी र लामिन यामालले समान एक गोल गरे। 

खेलको १७औँ मिनेटमा गाभीको गोलमा बार्सिलोनाले सुरुवाती अग्रता बनाएको थियो। खेलको ५२औँ मिनेटमा यामालको गोलमा बार्साले अग्रता दोब्बर पार्‍यो। 

स्पेनिस सुपर कपको दोस्रो सेमिफाइनलमा रियल मड्रिड र रियल मार्लोका भिड्नेछन्।

सुपर कपको फाइनल खेल आइतबार हुनेछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad