खेल


आर्सनललाई पराजित गर्दै न्यु क्यासल युनाइटेड काराबाओ कपको सेमिफाइनल नजिक

आर्सनललाई पराजित गर्दै न्यु क्यासल युनाइटेड काराबाओ कपको सेमिफाइनल नजिक

नेपालखबर
पुस २४, २०८१ बुधबार ७:४२, काठमाडौँ

आर्सनललाई पराजित गर्दै न्यु क्यासल युनाइटेड काराबाओ कपको सेमिफाइनल नजिक पुगेको छ। 

मंगलबार राति इमिरेट्स स्टेडियममा भएको सेमिफाइनलको पहिलो लेगमा न्यु क्यासलले आर्सनललाई २–० गोल अन्तरले हराउँदै फाइनल नजिक पुगेको हो। 

न्यु क्यासललाई फाइनल नजिक पुर्याउन एलेक्जेन्डर इसाक र एन्थोनी गोर्डनले समान एक गोल गरे। खेलको पहिलो हाफमा एक गोल गरेको न्यु क्यासलले दोस्रो हाफमा एक् गोल थप्यो। 

पहिलो हाफको ३७ औँ मिनेटमा इसाकको गोलमा न्युक्यासलले सुरुवाती अग्रता बनाएको थियो। खेलको ५१ औँ मिनेटमा एन्थोनीले दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारे। 

लिग कपको उपाधि विहिन रहेको न्युक्साल यो पटक नयाँ इतिहार रच्न चाहान्छ। सेमिफाइनलको दोस्रो लेग फेब्रुअरी ५ मा हुनेछ। 

लिग कपको दोस्रो सेमिफाइनलको पहिलो लेगमा बुधबार राति लिभरपुल र टोटनह्याम भिड्दैछन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad