नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्ड नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेल हेर्न कीर्तिपुर पुगेका छन्।
प्रचण्ड छोरी गंगा दाहालका साथ त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल हेरिरहेका छन्।
गृहमन्त्री रमेश लेखक पनि कीर्तिपुरमै एनपीएल फाइनल खेल हेरिरहेका छन्।
सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्टस् उपाधिका लागि फाइनलमा प्रतिस्पर्धा गरिरहेका छन्।



306
Shares

प्रतिक्रिया