नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा जनकपुर बोल्ट्सविरुद्ध सुदुरपश्चिम रोयल्सका ओपनर सैफ जैवले अर्धशतक पूरा गरेका छन्।
उनले दशौँ ओभरको दोस्रो बलमा छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे। सैफले ३३ बलमा ५ चौका र २ छक्का सहयोगमा अर्धशतक पूरा गरेका हुन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरिरहेको सुदूरपश्चिम रोयल्सले १० ओभरको खेल जारी रहँदा विना विकेटको क्षति ९१ रन बनाएर खेलिरहेको छ।
ओपनर विनोद भण्डारी ३६ र सैफ जैव ५९ रनमा अविजित छन्।
81
Shares

प्रतिक्रिया