खेल


सुदूरको शानदार ब्याटिङ, विकेट नगुमाई १० ओभरमै बनायो ९७ रन

सुदूरको शानदार ब्याटिङ, विकेट नगुमाई १० ओभरमै बनायो ९७ रन

नेपालखबर
पुस ६, २०८१ शनिबार १३:१८, काठमाडौँ

नेपाल प्रिमियर लिगको फाइनलमा सुदूरपश्चिम रोयल्सले शानदार ब्याटिङ गरिरहेको छ। 

जनकपुरविरुद्ध टस जितेर पहिले ब्याटिङ रोजेको सुदूरपश्चिमले १० ओभरमा कुनै विकेट नगुमाई ९७ रन बनाएको हो।

चौथो र पाँचौँ ओभरमा कुनै रन बनाउन नसके पनि बाँकी ८ ओभरमा सुदूरपश्चिमले विस्फोटक ब्याटिङ गर्दै शतकनजिक पुगेको हो। 

ओपनर सैफ जैबले ३६ बलमा ७ चौका र २ छक्काको मद्दतमा ५९ रन बनाएका छन्। 

विनोद भण्डारीले एक चौका र २ छक्काको मद्दतमा ३२ रन बनाएका छन्। जनकपुर विकेटको खोजिमा छ।

यसअघि दुवै खेलमा जनकपुरलाई सुदूरपश्चिमले पराजित गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad