खेल


‘नतिजाबारे सोचेका छैनौं, भोलि अहिलेसम्मकै राम्रो क्रिकेट खेल्छौं’

‘नतिजाबारे सोचेका छैनौं, भोलि अहिलेसम्मकै राम्रो क्रिकेट खेल्छौं’

नेपालखबर
पुस ५, २०८१ शुक्रबार १८:४८, काठमाडौँ

नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधिका लागि भोलि फाइनल हुँदैछ। सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स एनपीएलको फाइनलमा पुगेका छन्। 

उपाधिका लागि भिड्नुअघि शुक्रबार आयोजित ‘प्रिम्याच कन्फ्रेन्स’मा दुवै टिमका कप्तानले आफूहरुले जितबारे धेरै नसोचेको र भोलि अहिलेसम्मकै राम्रो क्रिकेट खेल्ने बताएका छन्।

सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले आफूहरुले दुई पटक पराजित गरेको भए पनि विपक्षी टोलीलाई कमजोर नठानेको बताए। उनले भोलिको खेलमा पनि लिग चरणको जस्तै रणनीति अपनाएर खेल्ने बताए।

‘भोलिको लागि तयारी राम्रो भइरहेको छ,’ ऐरीले भने, ‘पहिले हरायौं भन्दैमा हामीले सजिलो रुपमा लिएका छैनौं। टिम एकदमै टफ छ। जसरी लिगहरुको म्याच खेलीरहेका थियौं, फाइनलमा पनि त्यसरी नै खेल्नै छौं।’

उनले थपे, ‘जित, हार आफ्नो छ। आफ्नो शतप्रतिशत दिएर खेल्छौं।’ 

त्यस्तै जनकपुर बोल्ट्सका कप्तान आशिफ शेखले पनि नतिजाबारे धेरै नसोचेको र मैदानमा राम्रो खेल्ने बताए। ‘भोलि एउटा राम्रो क्रिकेट खेल्छौं,’ शेखले भने, ‘हामीसँग जेजति छ, त्यो मैदानमा दिन्छौं। नतिजाको बारेमा त्यस्तो केही सोचेका छैनौं।’

नतिजा जे आए पनि मैदानबाट निस्कदा आफूले बेष्ट दिएको भनेर आफूलाई लाग्नुपर्ने उनले बताए। शेखले भने, ‘मैदानबाट निस्कदा यति मात्रै लाग्नु पर्‍यो कि आफूसँग जे जति थियो, त्यो दियौं।’ 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad