खेल


यस्तो बन्यो नेपाल प्रिमियर लिगको प्लेअफ समीकरण, शनिबार फाइनल

यस्तो बन्यो नेपाल प्रिमियर लिगको प्लेअफ समीकरण, शनिबार फाइनल

नेपालखबर
पुस १, २०८१ सोमबार १३:२५, काठमाडौँ

नेपाल प्रिमियर लिग (एनपीएल) मा हारका बाबजुद कर्णाली याक्सले शीर्ष चारमा स्थान बनाएसँगै नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ समीकरण पूरा भएको छ।

सुदूरपश्चिम रोयल्सले ७ खेलबाट १२ अंक जोड्दै शीर्ष स्थानमा रहँदै प्लेअफमा स्थान बनाएको हो। समान खेलबाट १० अंक भएको जनकपुर बोल्ट्स दोस्रो स्थानमा रहँदै प्लेअफ पुगेको छ। 

अंक तालिकाको शीर्ष र दोस्रो स्थानमा रहेको सुदूरपश्चिम र जनकपुरले पहिलो क्वालिफायर खेल्नेछन्। 

७ खेलबाट समान ८ अंक भएको चितवन राइनोज तेस्रो र कर्णाली याक्स चौथो स्थानमा रहँदै एलिमिनेटरका लागि छनोट भए।

चितवन र कर्णालीले एलिमिनेटर खेल्नेछन्।

एनपीएलमा भोलि मंगलबार विश्राम छ। बुधबारको एलिमिनेटर खेलमा चितवन र कर्णाली भिड्नेछन्। सो खेल बिहान ९ बजे सुरु हुनेछ। यो खेलको विजेताले दोस्रो क्वालिफासर्यस खेल्नेछ। पराजित हुने टोली भने प्लेअफबाटै बाहिरिनेछ। 

सोही दिनको दोस्रो खेलमा पहिलो क्वालिफायर खेल हुनेछ। पहिलो क्वालिफायरमा सुदूरपश्चिम र जनकपुर बोल्ट्स खेल्नेछन्। सो खेल दिउँसो १ बजे सुरु हुनेछ। 

यो खेलको विजेताले सिधै फाइनलमा स्थान पक्का गर्नेछ। पराजित हुने टोलीले भने फाइनल पुग्नका लागि अर्को एक मौका पाउनेछ।

दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरमा पराजित हुने टोली र एलिमिनेटरको विजेता टोली भिड्नेछन्। दोस्रो क्वालिफायर खेल बिहीबार हुनेछ। यसको विजेता फाइनल पुग्नेछ। 

फाइनल खेल शनिबार हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad