खेल


निर्णायक खेलमा कर्णालीको सामान्य लक्ष्य

निर्णायक खेलमा कर्णालीको सामान्य लक्ष्य

कर्णाली र सुदूरपश्चिमको खेल। तस्बिर सरोज : नेपाल


नेपालखबर
पुस १, २०८१ सोमबार १०:४६, काठमाडौँ

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले सुदूरपश्चिमविरुद्ध जितका लागि १ सय २ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ। 

कीर्तिपरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णाली २० ओभरमा १ सय १ रन बनाउँदा अलआउट भयो। 

जिसन मक्सुदले बनाएको ३० रन नै कर्णालीका लागि सर्वाधिक रह्यो। ३५ बलमा ४ चौका प्रहार गरेका मक्सुद दीपेन्द्रसिंह ऐरीको बलमा ब्रान्डोन म्याकमुलेनको हातबाट क्याच आउट भए। 

विलियन बसिस्टोले १६ रन थपे। बाबर हायातले १३ र चान्डविक वाल्टनले ११ रन बनाउँदै पेभेलियन फर्के।

कप्तान सोमपाल कामी ११ रनमा क्याच आउट हुन पुगे।

सुदूरपश्चिमका लागि हरमित सिंहले ३ विकेट झारे। कप्तान दीपेन्द्रसिंह ऐरी, स्कट कुग्लेजिनले समान २ विकेट लिए। सैफ जैबले एक विकेट झारे।

आजको खेलमा फराकिलो अन्तरमा कर्णाली पराजित भए काठमान्डु गुर्खाज प्लेअफमा पुग्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad