खेल


तीन खेलमा जितनजिक पुगेर खेल गुमाउँदा फरक नतिजा आयो : विराटनगरका प्रशिक्षक केभिन

तीन खेलमा जितनजिक पुगेर खेल गुमाउँदा फरक नतिजा आयो : विराटनगरका प्रशिक्षक केभिन

नेपालखबर
मंसिर ३०, २०८१ आइतबार १५:५८, काठमाडौँ

विराटनगरका किंग्सका प्रशिक्षक केभिन ओ ब्रायनले तीन खेलमा जितनजिक पुगेर पनि खेल गुमाउनुपरेकाले प्लेअफमा पुग्न असफल भएको बताएका छन्।

काठमान्डु गुर्खाजसँग हार बेहोर्दै नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो सिजन यात्रा टुंग्याएपछि प्रशिक्षक केभिनले पत्रकारसाग कुरा गर्दै परिस्थितिलाई राम्ररी बुझेर खेल्न नसक्दा असफल भएको बताएका हुन्।

उनले कठिन परिस्थितिमा सही निर्णय लिन पनि समस्या भएको उल्लेख गरे। बलिङ, ब्याटिङ र फिल्डिङमा पनि शत शप्रतिशत इफोर्ट लगाउन नसकेको उनको भनाइ छ। उनले पहिलो ३-४ खेलमा ब्याटिङमा पनि आफ्नो टोलीले संघर्ष गर्नुपरेको उल्लेख गरेका छन्। विकेट बुझ्न विदेशी खेलाडीका लागि गाह्रो परेको उनको बुझाइ छ।

कप्तान सन्दीप लामिछानेले विकेट लिन नसक्दा पनि टोलीमाथि दबाब परेको हो भन्ने प्रश्नमा उनले एउटा बलरलाई मात्र दोष दिन नहुने र पछिल्ला खेलमा सन्दीपले पनि राम्रो गरेको उल्लेख गरे।

केही खेलाडी विराम हुँदा पनि समस्या परेको उनको भनाइ छ। उनले प्रतियोगिता छोटो रहेकाले फर्ममा नरहेका खेलाडीको लयमा फर्किन पनि समय लागेको बताएका छन्। सन् २०१८ मा एभरेस्ट प्रिमियर लिग खेल्न आउँदाको समयभन्दा अहिले धेरै राम्रो घरेलु खेलाडीहरू रहेको उनी बताउँछन्। उनीहरूको प्रदर्शनमा पनि धेरै विकास आएको उनको विश्वास छ।  

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad