खेल


अन्तिममा सम्हालिन नसक्दा सुदूरपश्चिमसँग हार्‍यो पोखरा

प्लेअफमा सुदूरपश्चिमको स्थान सुरक्षित
अन्तिममा सम्हालिन नसक्दा सुदूरपश्चिमसँग हार्‍यो पोखरा

पोखरालाई ५ रनले हराउँदै सुदूरपश्चिमले अन्तिम ओभरमा नाटकीय जित हात पारेको हो (सरोज नेपाल)


लक्ष्मी जि.सी
मंसिर ३०, २०८१ आइतबार १६:२१, काठमाडौँ

पोखरा एभेन्जर्समाथि नाटकीय जित दर्ता गर्दै सुदूरपश्चिम रोयल्सले क्वालिफायर्समा स्थान पक्का गरेको छ। 

आइतबार भएको दोस्रो खेलमा पोखरालाई ५ रनले हराउँदै सुदूरपश्चिमले अन्तिम ओभरमा नाटकीय जित हात पारेको हो। 

पोखरालाई हराउँदै सुदूरपश्चिम अंक तालिकाको शीर्ष स्थानमा रहेर क्वालिफायरका लागि छनोट भएको हो। सुदूरपश्चिमले लिग चरणको अन्तिम खेलमा सोमबार कर्णाली याक्ससँग खेल्नेछ।

यदि खेलको नतिजा कर्णालीको पक्षमा गए कर्णालीले प्लेअफ खेल्नेछ भने काठमान्डु बाहिरिनेछ।

सुदूरपश्चिमले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याएको पोखरा २ बलअगावै १ सय ४८ रनमा अलआउट भयो। 

एक समय जितनजिक पुगेको पोखरा अन्तिम ओभरमा सम्हालिन नसक्दा जित नजिक पुगेर पनि हार भोग्न बाध्य भयो। 

पोखरालाई अन्तिम ओभरमा ३ विकेट गुमाएपछि बलियो टोली सुुदुरलाई हराउँदै एनपीएलमा सुखद अन्त्य गर्ने सुनौलो मौका गुमायो।

पोखराका लागि आन्द्रेस गउसले २१ बलमा ४ चौका र २ छक्का सहयोगमा ३६ रनको योगदान दिए। 

रेमोन रेइफरले ३३ र किरण ठगुन्नाले ३२ रन थपे। 

सुदूरपश्चिमका स्कट कुग्लिजेनले ५ विकेट लिए। उनले आफ्नो स्पेलमा १ मेडनसहित मात्र २६ रन खर्चे। हरमिनत सिहंले ३ विकेट झारे। सैफ जैवको नाममा एक विकेट रह्यो।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५३ रनको योगफल तयार पारेको थियो। 

सुदूरपश्चिमका आरिफ शेख ४२ रनमा अविजित रहे। उनले ३८ बलमा २ चौका र १ छक्का प्रहार गरे। 

ब्रान्डन म्याकमुलेनले २३ र कप्तान दीपेन्द्र सिंह ऐरीले २० रन थपे। ईशान पाण्डे १० रज बनाउँदा रिटायर्ड आउट भए। 

विनोद भण्डारी १४ र हरमित सिंह १३ रनमा पेभेलिन फर्के। पोखराका कप्तान कुशल भुर्तेलले २ विकेट लिए। माइकल लिस्क, रेमोन राइफर र सागर ढकालले समान एक विकेट आफ्नो नाममा गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad