नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज भइरहेको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध जितका लागि पोखरा एभेन्जर्सले १५४ रनको लक्ष्य पाएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५३ रनको योगफल तयार पारेको हो।
सुदूरपश्चिमका आरिफ शेख ४२ रनमा अविजित रहे। उनले ३८ बलमा २ चौका र १ छक्का प्रहार गरे।
विनोद भण्डारी १४ र हरमित सिंह १३ रनमा पेभेलिन फर्के।
पोखराका कप्तान कुशल भुर्तेलले २ विकेट लिए। माइकल लिस्क, रेमोन रिफर र सागर ढकालले समान एक विकेट आफ्नो नाममा गरे।
243
Shares

प्रतिक्रिया