ad ad

खेल


नेपाल ओलम्पिक कमिटी अन्तर्गतका ११ कमिसन गठन, को–को बने संयोजक?

नेपाल ओलम्पिक कमिटी अन्तर्गतका ११ कमिसन गठन, को–को बने संयोजक?

नेपालखबर
चैत ४, २०७६ मंगलबार ८:२९,

नेपाल ओलम्पिक कमिटी (एनओसी) एनओसीअन्तर्गतका विभिन्न ११ कमिसन गठन गरिएको छ। कमिसनमा ७ देखि ११ सदस्य रहने प्रावधान राखिएको छ।

पोखरामा सोमबारदेखि सुरु भएको एनओसी कार्यसमितिको बैठकको निर्णय मंगलबार सार्वजनिक गर्दै महासचिव मिलेन्द्र राज जोशीले विभिन्न समितिमा संयोजक तोकेको जानकारी दिएका हुन्।

वुमन एण्ड स्पोर्ट्सको संयोजकमा ज्योति राणा, कल्चरमा रामजी श्रेष्ठ, मार्केटिङको संयोजकमा गोपाल कक्षपति, सदस्यमा तासी घले र प्रकाश शमशेर राणा, स्पाेर्ट्स फर अलमा विष्णु गोपाल श्रेष्ठ, मेडिकलमा डा. सरोज कृष्णा श्रेष्ठलाई संयोजक तोकिएको छ।

स्पोर्ट्स फिजियोलोजीमा इन्द्र गुरुङ, शान्तिका लागि खेलकुदमा रमेश महर्जन, खेलकुद र वातावरणमा गोवद्र्धन श्रेष्ठ र सूचना तथा तथ्याङ्कको संयोजकमा मोहन नेपाललाई संयोजकमा तोकिएको छ। यस्तै एथलेट कमिसन तथा ओलम्पिक एसोसिएसनमा चुनावको माध्यमबाट ३ महिनाभित्र गठन गर्ने जनाएको छ।

संघले प्रदेशसँग संयोजन गर्न प्रदेश संयोजक पनि तोकेको छ। प्रदेश १ का लागि पिताम्बर तिम्सिना, प्रदेश २ का लागि अशोक रत्न बज्राचार्य संयोजक तथा रामजीबहादुर श्रेष्ठ र प्रकाश सम्शेर राणालाई सदस्य, बागमती प्रदेशको संयोजक उपाध्यक्ष सुनिलकुमार श्रेष्ठलाई तोकिएको छ।

गण्डकी प्रदेशका लागि तेजबहादुर गुरुङ संयोजक र तासी घले सदस्य, प्रदेश ५ का लागि कुमारी तुलसी थापा संयोजक र दीर्घबहादुर केसीलाई सदस्य, कर्णाली प्रदेशमा दिपकहर्ष बज्राचार्य र प्रदेश ७ मा रतन टण्डनलाई संयोजक तोकिएको एनओसी महासचिव निलेन्द्रराज श्रेष्ठले जानकारी दिए।

यस्तै बैठकले नेपाल ओलम्पिक कमिटीका पूर्वमहासचिव तथा राष्ट्रिय खेलकुद परिषद्का पूर्वउपाध्यक्ष लामा टेन्डी शेर्पालाई शीघ्र स्वास्थ्यलाभको कामना गर्दै १० लाख रुपैयाँ प्रदान गर्नै निर्णय पनि गरेको छ।

लामालाई नेपाल ओलम्पिक कमिटीकोतर्फबाट ५ लाख र नेपाल ओलम्पिक कमिटी कार्यसमितिको तर्फबाट ५ लाख रुपैयाँ सहयोग गर्ने तथा सरकारलाई पनि सहयोग गर्न अनुरोध गर्ने भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .