बहुराष्ट्रिय कम्पनी अलिबाबाका संस्थापक ज्याक माले आफ्नो फाउन्डेसनमार्फत ११ लाख कोरोना परीक्षण गर्ने सामग्री, ६० लाख मास्क र ६० हजार कोरोना सुट र फेस सिल्ड अफ्रिकालाई दान दिने भएका हुन्।
अफ्रिकामा हालसम्म ३ सयभन्दा बढी कोरोना संक्रमित छन्। इजिप्ट कोरोनाबाट सबैभन्दा बढी ग्रस्त अफ्रिकी मुलुक हो। त्यहाँ हालसम्म ११० जना संक्रमित बनेका छन्।
ज्याक माले संकटका बेला सेवा गर्नु धर्म कमाउनु हो भनेका छन्। केहीदिन अगाडि ज्याक माले अमेरिकालाई १० लाख मास्क र ५ लाख कोरोना परीक्षण गर्ने सामग्री दान दिएका थिए।
माले इटालीलाई पनि ५ लाख मास्क दिएका थिए। ज्याक माले युरोपेली राष्ट्रमा १० लाख मास्क पठाउने वाचा गरिसकेका छन्। सीएनएन
3
Shares
प्रतिक्रिया