ad ad

समाज


आफन्त भेट्न हिँडेका बृद्धको हृदयघातका कारण बाटैमा मृत्यु

आफन्त भेट्न हिँडेका बृद्धको हृदयघातका कारण बाटैमा मृत्यु

गोकुल जोशी
चैत ४, २०७६ मंगलबार ८:२२,

कञ्चनपुरको भीमदत्त नगरपालिका–४ महेन्द्रनगरस्थित बसपार्क नजिकै मंगलबार एक जना मृत अवस्थामा भेटिएका छन्।

बेलडाँडी गाउँपालिका चवन्नीका ६० वर्षीय भगतबहादुर रावल महेन्द्रनगरस्थित बसपार्क नजिकै मृत अवस्थामा भेटिएका हुन्।

वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक मोहनजंग बुढथापाले हृदयघातका कारण ती वृद्धाको मृत्यु भएको बताए।

‘हिँड्दा हिँड्दै लडेका उनको हृदयघातका कारण मृत्यु भएको देखिन्छ’, प्रहरी निरीक्षक बुढथापाले भने। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बझाङको छान्ना गाउँपालिका पुख्र्यौउली घर भएका रावत हाल नातिनातिनाको पढाईका लागि भीमदत्त नगरपालिका–४ भगतपुर बस्दै आएका थिए।

नातिनातिनालाई खाना खुवाएर स्कुल पठाएपछि मंगलवार उनी बसपार्क नजिकै बस्ने आफ्ना नातेदारसँग भेटघाटका लागि हिँडेका थिए। उनी हिँड्दा हिँड्दै बाटोमा नै लड्न पुगेका थिए। उनले लामो समयदेखि मुटुको औषधी सेवन गरिरहेको पारिवारिक स्रोतले जनाएको छ।

मृतक भगत बुवाको बरखी बारिरहेका थिए। उनका बुबाको ६ महिना अगाडि मृत्यु भएको थियो। उनी सेतो कपडामा नै थिए। उनको शव पोष्टमार्टमका लागि महाकाली अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .