खेल


पोखरामा गल्फ प्रतियोगिता : प्रज्वल र थमेशलाई उपाधि

पोखरामा गल्फ प्रतियोगिता : प्रज्वल र थमेशलाई उपाधि

नेपालखबर
मंसिर २९, २०८१ शनिबार २०:५९, पोखरा

सन् १९९४ मा पोखराको छिनेडाँडामा हिमालयन गल्फ क्लब स्थापना भयो। पार ६९ को १८ होलको कोर्ष विश्वकै युनिक कोर्षभित्र पाँचौ स्थानमा पर्छ।

विश्वको १०० औं गल्फ कोर्षमा पोखराको हिमालयन गल्फ कोर्ष एशिया प्यासफिक क्षेत्रमा २३ औं स्थानमा रहेको छ। गल्फ कोर्स बनेसँगै पोखराले काठमाडौंलाई पच्छ्याउन थाल्यो।

लाहुरेको सहर पोखरामा बेलायती सेनामा रहेका लाहुरेहरुले नै गल्फ कोर्स धाउन थाले। नेपालमा भने सन १९१७ देखि गल्फको थालनी सुरु भएको थियो। सन १९८६ मा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको ९ होलको रोयल नेपाल गल्फ कोर्षको स्थापना पछि व्यावसायिकता गल्फले व्यावसायिक रुप लिएको थियो।

यहीँ गल्फ कोर्स बनेसँगै पोखराले काठमाडौंलाई पच्छ्याउन थाल्यो। लाहुरेको सहर पोखरामा बेलायती सेनामा रहेका लाहुरेहरुले नै गल्फ कोर्स धाउन थाले।

पोखराको त्यही गल्फ कोर्समा दैनिकजसो गल्फरहरु पुग्ने गर्छन्। धनीको खेल भनिने त्यसतर्फ भने आम नागरिकले खासै चासो राख्दैनन्। यो गल्फ कोर्स संसारकै उत्कृष्ट हो भन्ने पनि उनीहरुलाई वास्ता हुँदैन। हो, यही गल्फ कोर्समा देश–विदेशका खेलाडीहरुको बरोबर आगमन भइरहन्छ।

यही उपक्रममा कास्की जिल्ला गल्फ संघको आयोजना प्रभु बैंकले मुख्य प्रायोजन र अटोवेज प्रालिको सह प्रायोजनमा शनिबार गल्फ प्रतियोगिताको आयोजना गरियो। कास्की जिल्ला गल्फ संघका अध्यक्ष जीवाराम गुरुङका अनुसारशनिबार सम्पन्न गल्फ प्रतियोगितामा चौथो होलमा होल इन वान गरेका कास्कीका एमेच्योर गल्फर प्रज्वल गुरुङले ग्रसतर्फको उपाधि जितेका छन्।

नेटतर्फका उपाधि भने थमेश राईले प्राप्त गरेका छन्।

पुरुष खुल्ला तर्फ प्रज्वलले दुई ओभर ३४ स्कोर गरे। उनले नगद पुरस्कार स्वरुप २० हजार प्राप्त गर्दा होल ईन वान हिर्काउँदै नगद १ लाख रुपैयाँ प्राप्त गरे।

ग्रसतर्फ काठमाडौं गोकर्ण गल्फ क्लबका नोर्बु शेर्पा उपविजेता बने। उनले ३२ स्कोर गरे। उनलाई काउण्ट व्याकको नतिजाले साथ दियो। त्यस्तै नेटतर्फ थमेशले ३५ स्कोरसहित उपाधि जित्दा ३४ स्कोर गरेको निल थापा दोस्रो र ३३ स्कोरसहित पासाङ शेर्पा तेस्रो बने। उनीहरुले नगद स्वरुप २०, १५ र १० हजार प्राप्त गरे।

महिला तर्फको प्रतिस्पर्धाको उपाधि जान्भी गुरुङले प्राप्त गरिन्। जुनियर तर्फको पुरस्कार डानियल बानियाँले पाउँदा सबैभन्दा पाका गल्फरको पुरस्कार भने मेजर लक्ष्मीप्रसाद गुरुङले प्राप्त गरेका थिए।

टिम इेभण्ट (बेटर बल)को पुरस्कार प्रज्वल गुरुङ र दिप्सन लामाको जोडीले १० अण्डर ५९ को स्कोरसहित उपाधि जिते। उनीहरुले नगद ५० हजार प्राप्त गरे। त्यसैगरी कृष्ण पुन र बालकासी गुरुङको टिम काउण्ट व्याकमा दुई अण्डर ६७ स्कोरसहित उपविजेता बन्यो। ऋषिकेस सेन र श्याम सुब्बा भने समान २ अण्डर ६७ स्कोरसहित तेस्रो स्थानमा रहे। उनीहरुलाई पनि नगद पुरस्कार प्रदान गरिएको थियो।

प्रतियोगितामा लङगेष्ट ड्राइभको पुरस्कार सुरेन्द्र फुयाँल र क्लोजेष्ट टु दी पीनको पुरस्कार भक्तराज गुरुङले प्राप्त गरे। विजेता गल्फरहरुलाई प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोजकुमार गुरुङ, मुख्य प्रायोजक प्रभु बैंकका मेनेजर सामथ्र्य उप्रेतीलगायतले ट्रफी तथा नगद पुरस्कार प्रदान गरेका थिए। टिमतर्फ २९ र खुल्ला तर्फ ५७ गल्फरको सहभागिता रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad