जनकपुर बोल्ट्सका विदेशी खेलाडी जिम्मी निशमले आक्रामक ब्याटिङ गर्दै अर्धशतक प्रहार गरेका छन्।
चितवन राइनोजविरुद्धको खेलमा जिम्मीले १८ बलमै अर्धशतक पूरा गरेका हुन्।
१८१ रनको लक्ष्य पछ्याएको जनकपुर जिम्मीको आक्रामक ब्याटिङसँगै जितको नजिक पुगे पनि लगातार विकेट गुमाइरहेको छ।
१५ ओभर सकिँदा जनकपुरले जिम्मीसँगै अरनिको यादवलाई पनि गुमाएर ८ विकेट क्षतिमा १३८ रनमा खेलिरहेको छ।
निशमले २४ बलमा ६५ रन बनाएर आउट भए भने यादव रन आउट हुनपुगे।



408
Shares

प्रतिक्रिया