राजनीति


संविधान संशोधन गर्ने समय भएको छैन : पूर्वप्रधानन्यायाधीश कार्की

संविधान संशोधन गर्ने समय भएको छैन : पूर्वप्रधानन्यायाधीश कार्की

नेपालखबर
मंसिर २९, २०८१ शनिबार १६:९, काठमाडौँ

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले संविधान संशोधन गर्ने समय नभएको बताएकी छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। उनले संविधान संशोधन गर्नै नहुने भन्ने नभएको तर ९ वर्षमै संविधान संशोधन गर्ने बेला नभएको बताइन्।

पूर्वप्रधानन्यायाधीश कार्कीले संविधान संशोधनको बेला नभइ उपयोगको बेला भएको धारणा राखिन्।

अहिलेको संविधानले देश विकास नभएको भए अन्य कुनैपनि संविधानले देश विकास गर्न नसक्ने उनको भनाई थियो। उनले वर्तमान संविधानमा भाषा नमिलेको देखिएपनि शुरुदेखि अन्त्यसम्म सबै कुराले छोएको बताइन्। शासक वर्गको नियति ठिक भए अहिलेकै संविधान राम्रो भएको उनले बताइन्।

उनले भनिन्, ‘संविधानको संशोधन नहुने भन्ने होइन, संविधानको संशोधन हुनुपर्छ। तर मेरो विचारमा भर्खर ९ वर्ष भएको छ। जब अरु मुलुकमा सयौँ वर्षसम्म संशोधन हुँदैन भने यसको राम्रो प्रयोग नभइकन, उपयोग नभइकन संशोधन हुनुपर्ने आवाज आइरहेको छ। त्यो हुनु हुँदैन। यो संविधानलाई खराब भन्न मिल्दैन, यो नराम्रो भन्नु जनतालाई गाली गर्नु हो। नेपालको सम्पूर्ण जनताको ६ सय प्रतिनिधिहरुले बसेर छलफल गरेर सबै तप्काका मानिस, राजनीतिज्ञ, अन्य प्रतिनिधित्व गर्ने वर्गका सबै भेला भएर बनाएको हो।’

उनले थपिन्, ‘हामी कानून पढेका मान्छेहरुले हेर्दा यो संविधानमा भाषा मिलेको देखिँदैन। क्रमवद्धमा फरक छ। शुरुदेखि अन्त्यसम्म कुरा पुगेको छ।’

पूर्वन्यायाधीश कार्कीले संविधान आफैँमा पूरा कहिले पनि नहुने बताइन्। उनले शासकलाई राम्रो काम गर्न संविधान बाधक नभएको बताइन्।

सहकारी ठगीमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रातारात एक ठाउँबाट अर्को ठाउँमा सारिनु मानव अधिकारको उल्लंघन भएको उनको भनाई थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad