खेल


चितवनले जनकपुरलाई दियो १८१ रनको विशाल लक्ष्य

चितवनले जनकपुरलाई दियो १८१ रनको विशाल लक्ष्य

तस्बिर : सरोज नेपाल


नेपालखबर
मंसिर २९, २०८१ शनिबार १४:३३, काठमाडौँ

कप्तान कुशल मल्ल र रवि बोपाराको शतकीय साझेदारीमा नेपाल प्रिमियर लिग (एनपीएल) मा प्लेअफमा स्थान बनाउन जित्नैपर्ने दबाबमा रहेको खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्ससामु १ सय ८१ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ८० रनको योगफल तयार पारेको हो।

चौथो विकेटका लागि कप्तान कुशल मल्ल र रवि बोपाराले १ सय १३ रनको साझेदारी गरेपछि चितवनले जनकपुरलाई विशाल लक्ष्य दिएको हो। 

कप्तान कुशल ७२ रन बनाउँदा क्याच आउट हुन पुगे। कुशलले ४१ बलमा ३ चौका र ७ छक्का प्रहार गर्दा जेम्स निसमको बलमा अनिल शाहको हातबाट क्याच आउट भए। 

रवि ४४ रनमा क्याच आउट भए। ३२ बलमा ५ चौका र १ छक्का हानेका रवि ललित राजवंशीको बलमा अनिल शाहको हातबाट क्याच आउट हुँदै पेभेलियन फर्के।

ओपनर हसन इसाखिल २८ रन बनाउँदा हर्ष ठाकेरको बलमा विकेट किपर लाहिरु मिलान्थाको बलमा क्याच आउट हुन पुगे। बसिल हमिद २ र सोहेल तनविर ५रनमा अविजित रहे।

विपिन रावल ३ र बनाउँदा ललित राजवंशीको बलका अनिल शाहको हातबाट क्याच आउट भए।

१४ रन बनाएका सन्तोष कार्की मोहम्मद मोहसिनको बलमा बोल्डआउट भए। 

जनकपुरका लागि ललित राजवंशीले २ विकेट लिए। हर्ष ठाकेर, जेम्स निसम र शेर मल्लले समान एक विकेट लिए। 

जनकपुरले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ।

यसअघि आजै बिहान भएको पहिलो खेलमा पोखरालाई हराउँदै काठमान्डुले प्लेअफ सम्भावना बलियो बनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad