खेल


एनपीएलमा आज चितवनले जनकपुरलाई हराए २ टोली बाहिरिने

पहिलो खेलमा काठमान्डु र पोखरा भिड्ने
एनपीएलमा आज चितवनले जनकपुरलाई हराए २ टोली बाहिरिने

नेपालखबर
मंसिर २९, २०८१ शनिबार ७:२१, काठमाडौँ

काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (शनिबार) दुई रोमाञ्चक भिडन्त हुँदै छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुने पहिलो खेलमा शीर्ष चारको दौडमा रहेका पोखरा एभेन्जर्स र काठमान्डु गुर्खाज् भिड्दै छन्।

हार्ने टोली शीर्ष चारको दौडबाट बाहिरिने सम्भावना भएकाले दुवै टोली आजको खेल जित्ने दाउमा छन्। अब दुई खेल बाँकी रहँदा दुवै खेल जित्ने टोली प्लेअफ पुग्ने सम्भावना बलियो छ। त्यसैले आजको प्रतिस्पर्धा यी दुई टोलीका लागि निर्णायक छ।

आजै हुने दोस्रो खेलमा चितवन विजयी भएमा पहिलो खेलमा हार्ने टोलीको प्लेअफ सम्भावना अन्तिम खेलअघि नै सकिन्छ। आफ्नै नतिजामा निर्भर हुन भने दुवै खेल जित्नैपर्ने हुन्छ।  

दिउँसो १ बजे सुरु हुने दोस्रो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्स भिड्दै छन्। 

लिगका ५ खेलमा २ खेलमा जित र ३ खेलमा हार भोगेका काठमान्डु पोखराको समान ६ अंक छ। तर पोखराभन्दा नेट रनरेटमा अघि रहँदै काठमान्डु छैटौँ स्थानमा छ भने पोखरा सातौँ स्थानमा छ।  

शुक्रबार विराटनगरसँग ५१ रनले हारेको चितवनले शीर्ष चारको दौडमा पुग्न आजको खेल जित्नैपर्छ।

हारेमा चितवनको प्लेअफ सम्भावना निकै कमजोर हुनेछ।

लिग चरणको अन्तिम खेल जित्दै शीर्ष चारमा रहन चितवन सुदूरपश्चिम र कर्णालीसँग अंक बराबरी गर्ने योजनामा हुनेछ। 

आजको खेल जित्दा भने चितवनको प्लेअफ सम्भावना बलियो हुनेछ।

प्लेअफमा पुगिसकेको जनकपुरले पनि क्वालिफायर खेल्न आजको खेल जित्नैपर्ने हुन्छ। हार्‍यो भने सिधै क्वालिफायर खेल्न कठिन हुनेछ। 

किनभने २ खेल बाँकी रहेको सुदूरपश्चिम र एक खेल बाँकी रहेको कर्णालीले जनकपुरलाई पछि पार्ने सम्भावना कायम छ। 

लिग चरणका ६ खेलमध्ये ५ मा जित र १ मा हार भोगेको जनकपुर १० अंकसहित शीर्षस्थानमा छ।

३ खेलमा जित र ३ मा हार भोगेको चितवन ६ अंकमा तालिकाको चौथो स्थानमा छ।

आजको खेल चितवनले जितेमा भने प्लेअफ होडमा जनकपुरबाहेक चार टोली रहनेछन्। 

बिहान हुने काठमान्डु र पोखराबीच हुने खेलको विजेता, कर्णाली, सुदूरपश्चिम र चितवनमध्ये तीन टोली अन्तिम चारमा पुग्ने छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad