सुदूरपश्चिम


नेपाल पत्रकार महासंघ कञ्चनपुरको अध्यक्षमा धामी

नेपाल पत्रकार महासंघ कञ्चनपुरको अध्यक्षमा धामी

नेपालखबर
मंसिर २८, २०८१ शुक्रबार २२:३१, कञ्चनपुर

नेपाल पत्रकार महासंघ कञ्चनपुरको अध्यक्षमा सुरेश धामी विजयी भएका छन्। धामीले ५८ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी राजेन्द्र अवस्थीले ४६ मत प्राप्त गरेका निर्वाचन समितिका सदस्य विष्णु अवस्थीले जानकारी दिए ।

साथै उपाध्यक्ष खुलामा अमरबहादुर चन्द ६६ मत ल्याएर विजयी भएका छन् भने उपाध्यक्ष महिलातर्फ धर्मा रोकायाले ६४ मत ल्याएर विजयी भइन्। सचिवमा कुन्दन पाण्डेय निर्विरोध निर्वाचित भएका छन्। सह–सचिव खुलामा गोकुल जोशीले ५६ मत प्राप्त गरी विजयी हुँदा सह–सचिव समावेशीमा किशोरकुमार तामाङ निर्विरोध निर्वाचित भएका छन्। साथै कोषाध्यक्षमा मोहन बिष्ट ५५ मत ल्याएर विजयी भएका छन्।

महिला सदस्यमा एश्वर्या कुवँर निर्विरोध निर्वाचित भएकी छन् भने दलित सदस्यमा धनबहादुर विकले ५२ मत प्राप्त गर्दा जनजाति आदिवासी सदस्यमा दानसिंह डगौरा (थारु) ५९ मतसहित विजयी भए।

खुला सदस्यतर्फ केशव भट्टले ७९ मत, दिनेशराज ओझाले ५७ मत, धनबहादुर महताले ५४ मत, भवानीदत्त भट्टले ६३ मत, माधव पौडेलले ५६ मत, सुजित सिनालले ७४ मत, सुरेश भट्टले ६९ मत, हरिलाल जोशीले ५२ मत ल्याएर विजयी भए। निर्वाचनमा एक सय सात जनाले मतदान गरेका थिए।

प्रदेश र केन्द्रका पदाधिकारीको मतगणनाको कार्य भोलि विहान १० बजेदेखि सुरु हुने निर्वाचन समितिले जनाएको छ। केन्द्र र प्रदेश पार्षद भने निर्विरोध निर्वाचित भएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad