भारतीय किशोर गुकेश डोम्माराजुले १८ वर्षको उमेरमै चेस विश्व च्याम्पियन बनेर संसारलाई चकित तुल्याएका छन्।
चेन्नईमा जन्मेका उनले चीनका डिफेन्डिङ च्याम्पियन दिङ लिरेनलाई पराजित गरे। सिंगापुरमा भएको प्रतिस्पर्धामा च्याम्पियन बनेपछि उनले गुकेशले २५ लाख डलर पुरस्कार पनि जितेका छन्।
१२ वर्षको उमेरमा ग्य्रान्डमास्टर बनेका उनले सात वर्षको उमेरदेखि नै आफूमा विश्व च्याम्पियन बन्ने महत्वाकांक्षा रहेको बताएका छन्।
तर, यति छिटै त्यो सपना साकार होला भन्ने आफूलाई नलागेको नाटकीय खेलमा दिङलाई पराजित गरेपछि उनले सुनाए।
सन् १८८६ मा विल्हेम स्टेनिजले जितेको पहिलो च्याम्पियनसिपयता गुकेश १८ औँ विश्व च्याम्पियन हुन्।
यसअघि सबैभन्दा कान्छा च्याम्पियनको कीर्तिमान ग्यारी कास्पारोवको नाममा थियो। जसले २२ वर्षमा सो कीर्तिमान राखेका थिए। एजेन्सी
Shares

प्रतिक्रिया