एनपीएलअन्तर्गत आजको पहिलो खेलमा कर्णाली याक्सविरुद्ध लुम्बिनी लायन्सले पहिले बलिङ गर्ने भएको छ।
काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान लुम्बनीका कप्तान रोहित पौडेलले टस जितेर बलिङ गर्ने निर्णय गरेका हुन्।
प्लेअफबाट लगभग बाहिरिसकेको लुम्बिनी आज आफ्नो अन्तिम खेलमा कर्णाली याक्ससँग भिड्ने भएको हो।
लुम्बिनी आफ्नो अन्तिम खेलमा सान्त्वना जितको खोजीमा हुनेछ भने कर्णालीले प्लेअफमा पुग्ने बाटो सहज बनाउन आजको खेल जित्नैपर्ने हुन्छ।
लुम्बिनीसँग पराजित भएमा भने कर्णालीको प्लेअफ यात्रा अन्य टोलीको नतिजामा निर्भर रहन्छ।
५ खेलबाट ६ अंक बनाएर चौथो स्थानमा रहेको कर्णाली ८ अंकसहित शीर्ष चारमा बलियो पकड बनाउन चाहन्छ।
जारी लिगमा अहिलेसम्म लुम्बिनी मात्र लिगबाट बाहिरिएको छ।
96
Shares

प्रतिक्रिया