नेपाल प्रिमियर लिगको प्लेअफमा पुग्ने पहिलो टोली जनकपुर बनेको छ। बिहीबार दिउँसो भएको खेलमा काठमान्डु गुर्खाजलाई ५ विकेटले पराजित गर्दै जनकपुरले प्लेअफमा आफूलाई सुरक्षित गरेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको काठमान्डु गुर्खाजले जनकपुरलाई १०२ रनको लक्ष्य दिएको थियो। जनकपुरले मात्रै ५ विकेटको क्षतिमा १६ औं ओभरको अन्तिम बल अघि नै लक्ष्य पूरा गर्यो।
एक खेलमा मात्रै पराजित भएको जनकपुरले अन्तिम खेल अघि नै प्लेअफमा स्थान सुरक्षित गरेको हो।
जनकपुरको जितमा हर्ष थाकेरले अविजित २५ रन बनाउँदा मोहम्मद महसिनले टनआउट १३ रनको योगदान दिए। लाहिरु मिलान्था १६ रनमा र आसिफ शेख २ रनमै आउट भएका थिए। अनिल साह ११ रन, शुभ कंसकार ५ रन र जेम्स निशम २७ रनको योगदान गर्दै आउट भए।

काठमान्डुका लागि करण केसीले २ विकेट लिँदा शहाव आलम, दीपे कंडेल र जेर्रार्ड इरास्मसले एक एक विकेट हात पारे।
हारपछि पनि काठमान्डुको प्लेअफ सम्भावना सकिएको छैन। तर अब बाँकी दुई खेल जित्नै पर्ने दबाब छ। यस्तै अरु टोलीको नतिजामा पनि भरपर्छ।
त्यसअघि काठमान्डु गुर्खाज १९.३ ओभरमै १०१ रनमा अलआउट भएको थियो। सस्तैमा समेटिने क्रममा काठमान्डुले लगातार विकेट गुमायो।
काठमान्डुका लागि स्टेफेन एस्किनाजी १७, माइकेल लेविट ८, भीम सार्की ४, जेरार्ड इरासमस २०, सुमित महर्जन ०, रशिद खान ७, डान डाउथवेट १, प्रतीक श्रेष्ठ ६, करण केसी १९ र दीपेश कँडेल ० रनमा आउट भए।

नटआउट रहेका साहव आलमले ८ रन जोडे भने जनकपुरले ११ अतिरिक्त रन दियो।
बलिङतर्फ जनकपुरका किशोर महतोले १ विकेट लिँदा ललित राजवंशीको नाममा ३ विकेट रह्यो।
यसबाहेक जिम्मी निशम विकेटविहीन हुँदा मोहम्मद मोहसिनले २, अरनिको यादवले १ र शेर मल्लले ३ विकेट लिए।





Shares

प्रतिक्रिया