खेल


बसिस्टोको घातक बलिङपछि पोखरा १०३ रनमै अलआउट (तस्बिरहरू)

बसिस्टोको घातक बलिङपछि पोखरा १०३ रनमै अलआउट (तस्बिरहरू)

सरोज नेपाल
मंसिर २५, २०८१ मंगलबार १४:१९, काठमाडौँ

विलियम बसिस्टोको घातक बलिङमा नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सविरुद्ध पोखरा एभेन्जर्स १ सय ३ रनमा अलआउट भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पोखरा १६.३ ओभरमा १ सय ३ रनमा समेटियो। योसँगै कर्णालीले जितका लागि १ सय ४ रनको सामान्य लक्ष्य पाएको छ।

कर्णाली याक्सका बसिस्टोले ६ विकेट लिएसँगै पोखराको ब्याटिङ लाइन धरापमा परेको हो।

पहिलो विकेटका लागि दिनेश खरेल र आन्दे्रस गउसले ३.५ ओभरमा ४६ रनको साझेदारी गर्दै पोखरालाई राम्रो सुरुवात दिलाएका थिए। खरेल २६ रन बनाउँदा युनिस ठकुरीको बलमा बोल्ड आउट भए। गउस २५ रनमा क्याच आउट हुन पुगे। 

तर मध्यक्रमका ब्याटर लामो समय क्रिजमा टिक्न नसक्दा पोखराले प्रतिस्पर्धात्मक लक्ष्य दिन सकेन। 

विलियमले चौथो ओभरमा तीन विकेट लिएपछि पोखराको ब्याटिङ तहसनहस हुन पुग्यो। पोखराका दिलिप नाथ ३ रन बनाउँदा १४ औँ ओभरको पहिलो बलमा विलियमको बलमा अर्जुन घर्तिको हातबाट क्याच आउट भए।

सोही ओभरको तेस्रो बलमा माइकल लिस्क २ रनमा बोल्ड आउट भए। अन्तिम बलमा नारायण जोशी १ रनमा एलबीडब्लु धरापमा परे। 

रेमोन रेफरले २० तथा कप्तान कुशल भुर्तेलले १० रन थपे। विपिन खत्री १० रनमा रनआउट भए। अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

पोखरालाई कम स्कोरका रोक्न घातक बलिङ गरेका विलियमले ६ विकेट लिए। उनले आफ्नो स्पेलमा मात्र २८ रन दिए। योसँगै एनपीएलको एकै खेलमा पाँच विकेट लिने उनी चौथो खेलाडी बनेका छन्। यसअघि सोहेल तनविर, नरेन साउद र हर्ष ठाकरले एकै खेलमा पाँच विकेट लिएका थिए। 

सोमपाल कामी, विपिन शर्मा र युनिस ठकुरीले समान एक विकेट लिए। कर्णालीले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

तस्बिरमा पोखराको इनिङ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad