खेल


सुदूरपश्चिमले गुमायो तेस्रो विकेट, विनोद र ब्रान्डन एउटै ओभरमा आउट

सुदूरपश्चिमले गुमायो तेस्रो विकेट, विनोद र ब्रान्डन एउटै ओभरमा आउट

नेपालखबर
मंसिर २३, २०८१ आइतबार १५:१८, काठमाडौँ

चितवन राइनोजविरुद्ध जवाफी ब्याटिङ गरिरहेको सुदूरपश्चिमले लगातार विकेट गुमाएको छ। यसअघि नै पहिलो विकेट गुमाएको सुदूरपश्चिमले पाँचौ ओभरमा दुई विकेट गुमाएको छ। 

चितवनका कप्तान कुशल मल्लले पहिलो बलमा विनोद भण्डारीलाई क्याचआउट गराएका थिए। उनकै चौथो बलमा ब्रान्डन म्याकमुलेन पनि बोल्ड भए। 

भण्डारीले ८ कलमा १० रन र ब्रान्डनले ९ बलमा १३ रन बनाए। 

यसअघि रिजन ढकालले दोस्रो ओभरको अन्तिम बलमा ओपनर सेइफ जैवलाई क्याचआउट गराएका थिए। 

उनी ११ बलमा ३ चौका प्रहार गर्दै १८ रनमा आउट भए। सुदूरपश्चिमले ५ ओभरको समाप्तिमा ३ विकेट गुमाउँदै ४६ रन बनाएको छ। 

जितका लागि १६५ रन बनाउनुपर्छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad