खेल


दसौँ नेपालगन्ज म्याराथनको उपाधि खडक र सन्तोषीलाई

दसौँ नेपालगन्ज म्याराथनको उपाधि खडक र सन्तोषीलाई

नेपालखबर
मंसिर २२, २०८१ शनिबार २१:४६, काठमाडौँ

दसौँ धारा नेपालगन्ज म्याराथनको उपाधि नेपाली सेनाका खडकबहादुर खड्काले जितेका छन्।

खड्काले ४२ दशमलव १९५ किलोमिटरको दौड दुई घण्टा १७ मिनेट ४८ सेकेन्डमा पूरा गर्दै उपाधि हात पारेका हुन्।

म्याराथनमा नेपाली सेनाकै राजन रोकाया र सुशील कुमार क्रमशः दोस्रो र तेस्रो भए।

उपाधि जितेका खड्का गत संस्करणका उपविजेता र आठौं संस्करणका विजेता हुन्। रोकायाले दुई घण्टा १७ मिनेट ५३ सेकेण्डमा निर्धारित दूरी पार गरे भने शाहीले दुई घण्टा २१ मिनेट ४५ सेकेण्डमा पूरा गरे।

विजेताले क्रमशः दुई लाख, एक लाख र ५० हजार नगद पुरस्कार पनि प्राप्त गरेका छन्। खड्का र रोकायाले नेपालगन्ज म्याराथनको कोर्सको कीर्तिमान पनि तोडेका छन्।

विजेता खड्काले आफूले पहिलोपटक आठौं स्थान प्राप्त गरेकोमा दुईपटक च्याम्पियन हुन पाएकोमा खुसी लागेको बताए। म्याराथनमा सन्तोष चौथो हुनेमा सन्तोषविक्रम शाही, पाँचौँमा रुद्र बुढाथोकी, छैटौँमा मानकर्ण केसी, सातौँमा निर्मल कुँवर, आठौँमा खेमबहादुर शाही, नवौँमा भरतकुमार श्रेष्ठ र १०औँमा मंगले तामाङ रहे।

उनीहरूले क्रमशः नगद २५ हजार, १५ हजार, दस हजार, आठ हजार, सात हजार, छ हजार र पाँच हजार पुरस्कार प्राप्त गरे। म्याराथन कोर्स नेपालगन्ज उपमहानगरपालिकाको गेटबाट सुरु भई कोहलपुर नगरपालिकादेखि चार किलोमिटर उत्तर बानियाभार पुगेर सोही रुट भई सुरुवाती बिन्दुमा पुगेर समापन हुने निर्धारित गरिएको छ।

यसैगरी नेपालगन्ज महिला हाफ म्याराथनको उपाधी लगातार चौथोपटक सन्तोषी श्रेष्ठले जितेकी छन् भने पुष्पा भण्डारी दोस्रो र विमला कार्की तेस्रो भएका छन्।

उनीहरूले क्रमशः नगद ७५ हजार, ५० हजार र २५ हजार पुरस्कार प्राप्त गरेका छन्। सन्तोषीले एक घण्टा १७ मिनेट ३० सेकेण्डमा कोर्स पूरा गरिन्। दोस्रो भएकी भण्डारीले निर्धारित दूरी एक घण्टा १९ मिनेट १२ सेकेन्डमा पूरा गरिन्। तेस्रो भएकी विमला कार्कीले एक घण्टा ४९ मिनेट १५ सेकेन्ड र चौथो भएकी स्वस्तिका शाहीले निर्धारित दूरी एक घण्टा ५२ मिनेट ३४ सेकेन्डमा पूरा गरेकी थिइन्।

पुरुषतर्फ म्याराथन र महिलातर्फ हाफ म्याराथनसहित पाँच किमी स्कुलस्तरीय छात्र एवं छात्रा, किड्स रन, पाँच किमि कर्पोरेट रन, पाँच किमि ट्राइसाइकल र पाँच किमि वाकाथन लगायतका विधाहरू समावेश गरिएको थियो। स्कुल बाह्यतर्फ छात्रमा विकास विक प्रथम, अजय पाण्डे क्षेत्री दोस्रो र रमेश बुढा तेस्रो भए।

स्कुल बाँके छात्रतर्फ अर्विन यादव पहिलो, अमृत शाही दोस्रो र विजय खड्का तेस्रो भए। यसैगरी किड्स रन बोइज्तर्फ पाँच सय मिटरमा राजन थारु, नारायण साउद र अरुण खटिक क्रमशः पहिलो, दोस्रो र तेस्रो भए। किड्स रन गल्र्स्तर्फ मीनाक्षी साउद, पुजन विराट र अन्जली सेजुवाल क्रमशः पहिलो दोस्रो र तेस्रो भए। यसैगरी कर्पोरेट रनतर्फ योगेश मल्ल पहिलो, डा. आरके लामिछाने दोस्रो र मधु सुनार तेस्रो भए।

ट्राइसाइकलतर्फ राजेश हरिजन प्रथम र मीनकुमारी नेपाली दोस्रो भए। सरकार र तत्कालीन विद्रोही माओवादीबीच ५ मंसिर २०६३ मा भएको विस्तृत शान्ति सम्झौताको स्मरण गर्दै हरेक वर्ष मंसिरको पहिलो शनिबार हुँदै आएको धारा नेपालगन्ज म्याराथन यस वर्ष मंसिर २२ गते आयोजना गरिएको म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरीले जानकारी दिए।

दशक रत्न सम्मान नेपालगन्ज म्याराथन आयोजक संस्था क्रियटिभ ह्याण्ड्सले म्यारमथनलाई सुरुवातदेखि निरन्तर सहयोग गर्दै आएका व्यक्ति तथा संस्थाहरूलाई दशक रत्न सम्मानले सम्मानित पनि गरेको छ। म्याराथन दश वर्षमा पुगेका अवसरमा उक्त सम्मान अर्पण गरिएको अध्यक्ष ठकुरीले जानकारी दिए।

म्याराथनलाई निरन्तर मुख्य प्रायोजन गर्दै आएको केएल दुगड ग्रुपका सिईओ प्रदीप छाजेड, एञ्जल्स स्कुलका प्रिन्सिपल ७५ वर्षीया बीना मल्ल, ब्राइटल्याण्ड कलेजका प्रिन्सिपल विजय लामा, कान्तिपुर टिभीका सिईओ शिशिर पछाई, नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, प्याब्सन बाँके, दैनिक नेपालन्जका प्रधान सम्पादक झलक गैरेलगायतलाई प्रदान गरिएको हो। म्याराथन समपान कार्यक्रममै वरिस्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई नागरिक अभिनन्दन पत्र पनि अर्पण गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad