खेल


जित्नैपर्ने र राम्रो अवस्थामा रहेको खेल हार्‍यौँ : प्रतिश

जित्नैपर्ने र राम्रो अवस्थामा रहेको खेल हार्‍यौँ : प्रतिश

नेपालखबर
मंसिर २२, २०८१ शनिबार २१:७, काठमाडौँ

विराटनगर किङ्सका अलराउन्डर प्रतिश जिसीले राम्रो अवस्थामा रहेको र जित्नुपर्ने खेलमा हार व्यहोर्नुपरेको बताएका छन्।

कर्णाली याक्ससँग हार बेहोरेपछि प्रतिशले जित्नैपर्ने खेलमा असफल भएको बताएका हुन्।

सबैले आआफ्नो जिम्मेवारी राम्रो निभाउन नसक्दा हार सामना गरेको उनको भनाइ थियो। उनले राम्रो बलिङ गरे पनि ब्याटिङमा सबैले जिम्मेवारी नलिँदा जित सम्भव नभएको गुनासो पनि गरे।

टोलीले आफूलाई गेम फिनिस गर्ने जिम्मेवारी दिए पनि पूरा गर्न नसकेको प्रतिशको स्वीकारोक्ति थियो। नन्दन यावदले उत्कृष्ट बलिङ गरेपछि डेथ ओभरमा जित दिलाउन असक्षम भएको उनले बताए।

उनले स्टम्प टु स्टम्प बलिङ गरे पनि पिच सहज नदेखिएको अनुभव सुनाए। आज जित नहुँदा केही दबाब हुने र अर्को चरणमा पुग्न अन्य टोलीको नतिजामा पनि भर पर्नुपर्ने उनको विश्लेषण छ।

उनले सन्दीप लामिछानेले विकेट नलिए पनि अन्य बलरले जिम्मेवारी वहन गरेकाले धेरै दबाब नभएको पनि प्रष्ट पारे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad